६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका निम्ति उहाँले निर्वाह गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रकाशन गृह ‘मिडिया नाइन’ ले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो । उपसभामुख इन्दिरा रानाले उहाँलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्षसमेत रहनुभएकी शाक्यले पितृसत्तात्मक सोचबाट हामो समाज मुक्त नभएसम्म महिलालाई अवसर प्राप्त गर्न कठिन हुने बताउँदै पुरुषबराबर काम गर्न हरेक महिला सक्षम छन् भन्नुभयो । उहाँले अवसर पाएमा गरेर देखाउने सामथ्र्य महिलामा रहेको बताउनुभयो ।

नेपाली नारीलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उक्त प्रकाशन गृहबाट हरेक महिना छापिने अङ्ग्रेजी पत्रिका ‘डब्ल्युओडब्ल्यु’ र ‘बिजनेस ३६० डिग्री’ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारितका माध्यमबाट समाजमा चेतना अभिवृद्धि गर्न र महिलालाई सशक्त तुल्याउन अझ सक्रिय भएर लाग्न सझाउनुभयो ।

उक्त प्रकाशन गृहकी सम्पादक चारु चड्डाले नेपालको संविधानमा सुनिश्चित गरिएका महिला अधिकार पूर्णरुपले नेपाली नारीले उपयोग गर्न नपाएका बताउँदै घरेलु हिंसाका साथै हरेक क्षेत्रमा महिलालाई हतोत्साहित गर्ने मानसिकता कायम रहेको गुनासो गर्नुभयो । उहाँले भेदभावविरुद्ध सबै नारी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । रासस