२८ मंसिर २०८२, आईतवार
,
Latest
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार चुनावमा लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी गठबन्धन



अ+ अ-

काठमाडौं। नेपाल बार एशोसिएसनको निर्वाचन यही चैत्र २३ गते हुने भएको छ।

यस निर्वाचनलाई लक्षित गर्दै नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठन बीच गठबन्धन बनेको छ।

तीन संगठनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी (नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन), अमर थापा (प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन), र ठाकुर प्रसाद आचार्य राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बार चुनावमा एउटै मोर्चाबाट अघि बढ्ने घोषणा गरेका छन्।

‘न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

तीन संगठनले न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नका लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् । बारको चुनावमा यी संगठनबाट प्रा. डा. व. अ. विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव व. अ. केदार प्रसाद कोइराला मैदानमा छन् ।