२ पुष २०८२, बुधबार
,
Latest
नेपाल–चीन आर्थिक सहकार्यमा जोड एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’



अ+ अ-

एजेन्सी। संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागु भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताउनुभएको छ । आक्रमणमा सयौँको मृत्यु भएको छ ।

गत रात गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीबाट म आतङ्कित छु”, भोल्कर टर्कले एक विज्ञप्तिमा भन्नुभयो, “यसले त्रासदीमा त्रासदी थप्नेछ ।

इजरायलले मङ्गलबार जनवरी १९ मा युद्धविराम लागू भएपछि यसको सबैभन्दा तीव्र आक्रमण गर्दै सबै बन्धकहरूको फिर्ती नभएसम्म गाजामा लडाइँ जारी राख्ने प्रतिज्ञा गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा ३३० भन्दा बढी मानिस मारिएको जनाएको छ । अहिलेसम्म आक्रमणको जवाफ नदिएको हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम वार्तामा गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ र गाजामा अझै जीवित बन्धकहरूका लागि लडाइँमा फर्कनु ‘मृत्युदण्ड’ हुन सक्ने चेतावनी दिएको छ ।

यो दुःस्वप्न तुरुन्तै अन्त्य हुनुपर्छ, पछिल्लो १८ महिनाको हिंसाले यो सङ्कटबाट बाहिर निस्कने कुनै सैन्य बाटो छैन भनेर प्रशस्त रूपमा स्पष्ट पारेको छ”, टर्कले भन्नुभयो, “अन्तर्राष्ट्रिय कानूनअनुसार राजनीतिक समाधान नै अगाडि बढ्ने एक मात्र उपाय हो । इजरायलले अझ बढी सैन्य बलको सहारा लिनुले पहिले नै विनाशकारी अवस्था भोगिरहेका प्यालेस्टिनी जनसङ्ख्यामाथि थप दुःख मात्र थप्नेछ ।

बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गरिनुपर्छ । सबै अनियमित रूपमा थुनामा रहेका व्यक्तिहरूलाई तुरुन्तै र बिना शर्त रिहा गरिनुपर्छ । युद्ध स्थायी रूपमा अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “हामी सबै प्रभावशाली पक्षहरूलाई शान्ति प्राप्त गर्न र नागरिकहरूको थप पीडा रोक्न आफ्नो शक्तिमा सबै कुरा गर्न आग्रह गर्दछौँ ।