१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै



अ+ अ-

काठमाडौँ। नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले एक्स्पोमा जेसिसका देशभर रहेका एक सय ४८ शाखामा आवद्ध उद्यमीको सहभागिता रहने र दुई सय ५० भन्दा बढी स्टलमार्फत प्रतिनिधिले आफ्ना उत्पादन, औद्योगिक सम्भावना, नवप्रवर्तन तथा अन्य उद्यम प्रदर्शन गर्ने जानकारी दिनुभयो । मेलाले विभिन्न स्थानका उद्यमीबीच अनुभव साटासाट गर्न, उद्यममा आइपर्ने समस्या निवारण तथा नयाँ सम्भावना पहिल्याउने अवसर प्रदान गर्ने सापकोटाले बताउनुभयो ।

मेलामा उद्यमीको आत्मविश्वास बढाउन र सम्भावना पहिल्याउन छ वटा अलग–अलग विषयमा केन्द्रीत सम्मेलनसमेत आयोजना गरिने छ । ती विषयमा पर्यटन, शैक्षिक व्यवसाय, युवा सशक्तिकरण, वित्तीय तथा लगानी र स्वास्थ्य सम्मेलन आयोजन गरिनेछन् ।

एक्स्पो अवधिभर खुल्ला सांस्कृतिक तथा खेलकुद प्रतियोगितासमेत गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै, युवा उद्यमीलाई पर्यटनलगायत उद्यम क्षेत्रमा अघि बढन मद्दत गर्ने गरी तालिमसमेत दिइनेछ । जेसिसकी राष्ट्रिय अध्यक्ष रजनी थापाले युवालाई विदेश पलायनभन्दा स्वदेशमै व्यवस्थित ढङ्गले उद्यम गरे अनन्त सम्भावना छ भन्ने कुरा बुझाउनका लागि पनि एक्स्पोको आयोजना गरिएको बताए । रासस