८ पुष २०८२, मंगलवार
,
Latest
रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै



अ+ अ-

काठमाडौँ। नेपाल जेसिसले युवा उद्यमीको हौसला बढाउन तथा सम्भावना पहिल्याउन यही चैत ७ देखि १८ गतेसम्म ‘जेसिआई नेपाल बिजनेश एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले एक्स्पोमा जेसिसका देशभर रहेका एक सय ४८ शाखामा आवद्ध उद्यमीको सहभागिता रहने र दुई सय ५० भन्दा बढी स्टलमार्फत प्रतिनिधिले आफ्ना उत्पादन, औद्योगिक सम्भावना, नवप्रवर्तन तथा अन्य उद्यम प्रदर्शन गर्ने जानकारी दिनुभयो । मेलाले विभिन्न स्थानका उद्यमीबीच अनुभव साटासाट गर्न, उद्यममा आइपर्ने समस्या निवारण तथा नयाँ सम्भावना पहिल्याउने अवसर प्रदान गर्ने सापकोटाले बताउनुभयो ।

मेलामा उद्यमीको आत्मविश्वास बढाउन र सम्भावना पहिल्याउन छ वटा अलग–अलग विषयमा केन्द्रीत सम्मेलनसमेत आयोजना गरिने छ । ती विषयमा पर्यटन, शैक्षिक व्यवसाय, युवा सशक्तिकरण, वित्तीय तथा लगानी र स्वास्थ्य सम्मेलन आयोजन गरिनेछन् ।

एक्स्पो अवधिभर खुल्ला सांस्कृतिक तथा खेलकुद प्रतियोगितासमेत गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै, युवा उद्यमीलाई पर्यटनलगायत उद्यम क्षेत्रमा अघि बढन मद्दत गर्ने गरी तालिमसमेत दिइनेछ । जेसिसकी राष्ट्रिय अध्यक्ष रजनी थापाले युवालाई विदेश पलायनभन्दा स्वदेशमै व्यवस्थित ढङ्गले उद्यम गरे अनन्त सम्भावना छ भन्ने कुरा बुझाउनका लागि पनि एक्स्पोको आयोजना गरिएको बताए । रासस