८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

26.34°C

काठमाडौं

26.34°C

Kathmandu

Feels-like: 26.34

Wind: 7.72

Humidity: 13

Latest
रविले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा निवेदन दर्ता गराए कामपाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने नेपाल सुपर लिगको ओपनिङ सेरोमोनीमा दुर्गेशले गीत गाउने आईपीएलबाट ‘गायब’ भएका यी पाँच टोलि जसबारे तपाईलाई थाहा नहुन सक्छ मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभामा पेश ०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल खानेपानीका मुहानहरुमा भइरहेको राजनीति अन्त्य गर्छौंः मन्त्री यादव लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित



अ+ अ-

भैरहवा । कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याएको कोशीका सुरुआती ब्याट्सम्यानहरूले केही टिकेर खेल्न खोजे पनि उनीहरू पेभेलियन फर्केसँगै कोशीको ब्याटिङ ‘लाइनअप’ ध्वस्त हुन पुग्यो । दुई सय १९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए ।

यस्तै, साकिब हकले १३ रन र अङ्कित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोडन् सकेनन् । कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दीपेन्द्र रावतले तीन÷तीन विकेट बाँड्नुभयो । यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए ।

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए ।

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई÷दुई विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा एक÷एक विकेट रह्यो । यससँगै कर्णाली प्रदेशले अङ्कतालिकामा थप दुई अङ्क जोडेको छ । पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जित निकाल्दै चार अङ्क ल्याएको छभने छ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जितका साथ दुई अङ्क ल्याएर प्रतियोगिताको अङ्कतालिकामा पुछारमा पुगेको छ । अङ्कतालिकामा शीर्ष दुई स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।