२९ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ।  बिहीवार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ ।

विशेषगरी गाउँपालिकाको वडा नम्बर ८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको छ । कास्की प्रहरीकाअनुसार मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्डहरू बगाएको छ ।

वीरेठाँटी नजिकैको करिव १०० मिटर सडकखण्ड मोदी खोलाले कटान गरेपछि उक्त क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प भएको छ । सडकको जग नै बगाएका कारण पैदल यात्रीका लागिसमेत आवतजावत गर्ने बाटो बाँकी नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, बाढीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र एक मन्दिर समेत बगाएको छ । खोलाको बहाव बढेपछि सो क्षेत्रमा तीनजना व्यक्तिहरू अड्किएको र उनीहरूको उद्धारका लागि पहल भइरहेको बताइएको छ ।

वर्षा नरोकिएका कारण मोदी खोलाको सतह बढ्ने क्रम जारी रहेको र सडक सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

सुरक्षा निकायले सो क्षेत्रमा शतर्कता अपनाउन र बाढीग्रस्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल