१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा सम्पन



अ+ अ-

काठमाडौँ। शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो।

शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ। कार्यक्रमको संयोजन बरिष्ठ अधिवक्ता ओम थपलियाले गर्नू भएको थियो। भने स्वागत मन्तव्य शहिद स्मारक कलेजका अध्यक्ष निल कृष्ण ताम्राकारले दिनु भएको थियो।

शहिद मेमोरियल अस्पताल अध्यक्ष प्रा. डा. गणेश मान गुरुङले स्वास्थ्य जस्तो संवेदनशील विषयमा १८ बर्ष सम्म निरन्तर रुपमा सेवा ग्राहीहरु मन जित्न सक्नु, देशमा रोजगारी नपाएर बिदेश भोतारीरहेको दक्ष युवाहरूलाई दैशमै रोजगारी प्रदान गरि राज्य थोरै भ ए पनि टेवा दिन मात्र नभई हजारौ बिरामीहरूको सेवा समर्पित हुन पाउनु एक जिम्मेवार नागरिकको कर्तव्य पुरा भएको अनुभुती रहेको हुदाॅ आगामी दिनहरूमा अस्पताल सेवालाई थप विस्तार गरिदै लगिने कुरामा जोड दिनुभयो।

कार्यक्रममा १५ बर्ष काम गरेका उत्कृष्ट कर्मचारीहरुको कमला शर्मा, पद्ममा शोभा ढङ्गोल, उमा देवी श्रेष्ठ, हिरा देवी के. सी, ईन्द्र बहादुर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको थियो।