• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

आईपीएल २०२२ दक्षिण अफ्रिकामा हुने, प्लान बी तयार, छिमेकी राष्ट्र पनि दावेदार



नयाँ दिल्ली । भारतीय टोली अहिले दक्षिण अफ्रिकाको भ्रमणमा छ । टेष्टपछि त्यहाँ तीन खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ । भ्रमण सकेर सबै शीर्ष क्रिकेटर स्वदेश फर्कँदा सम्भवतः भारतमा कोरोनाको तेस्रो लहर चरम सीमामा हुनेछ । बीसीसीआईले पनि यी सबै अवस्थालाई नजिकबाट नियालिरहेको छ। यस्तो अवस्थामा आईपीएल २०२२ को प्लान बीमा पनि काम भइरहेको छ । यसपटक युएईको सट्टा दक्षिण अफ्रिका वा श्रीलङ्कामा प्रतियोगिता आयोजना गर्न सकिने बताइएको छ ।

दक्षिण अफ्रिकाको नाम सबैभन्दा माथि

आईपीएल २०२२ अर्थात् १५ औँ सिजन धेरै हिसाबले विशेष हुने भएको छ । टोलीको सङ्ख्या ८ बाट बढेर १० पुगेको छ । यसपटक मेगा अक्सन हुने भएकाले धेरै खेलाडी नयाँ टोलीसँग खेलेको देखिनेछन् । यदि कोरोनाका कारण देशको अवस्था बिग्रियो र आइपिएल विदेश सार्नु नै एकमात्र विकल्प देखियो भने  भारतीय बोर्डले दक्षिण अफ्रिकालाई पहिलो रोजाइ बनाउने छ । त्यहाँ सन् २००९ को दोस्रो संस्करण पनि खेलिएको थियो किनभने त्यसबेला भारतमा आम निर्वाचन भएको थियो । 

युएईमा किन नगर्ने ?

अहिले भारतमा कोरोना तीव्रगतिमा फैलिरहेको छ । यो मुम्बई, दिल्ली जस्ता महानगरमा पूर्णरूपमा फैलिएको छ। बीसीसीआईले घरेलु क्रिकेटका धेरै प्रतियोगिता एकपछि अर्को गर्दै स्थगित गरेको छ । बीसीसीआईको एक स्रोतले भन्यो, “विगत दुई वर्षदेखि फैलिएको महामारीका कारण प्रतियोगिता युएईमा गराउनुपरेको थियो । यसपटक हामी प्रतियोगितालाई खाडी मुलुकबाट बाहिर लैजान चाहन्छौँ । एउटै देशमा भर पर्न सकिँदैन । हामीले थप विकल्पहरू खोज्ने निर्णय गरेका छौँ।”

साँझ ७ः३० देखि खेल नहुने 

भारतको समय दक्षिण अफ्रिकाभन्दा साढे तीन घण्टा अगाडि छ। युएई वा भारत जस्तो नभई आईपीएल खेलमा रात्रि खेलहरू चाँडै सुरु गर्नुपर्छ। यदि प्रसारणकर्ताहरूले आफ्नो मनपर्ने समय साँझ ७ः३० मा अडिग रहे भने दक्षिण अफ्रिकामा खेलको पहिलो बल ४ बजे फ्याँकिने छ । वर्षौँदेखि खेलाडीहरूले प्रायः खेलहरू मध्यरातपछि समाप्त हुने बारे गुनासो गरेका छन्। लगातार हवाई यात्रासँगै खेलाडीहरू यस्तो कडा तालिकाले थकित हुन्छन्।

छिमेकी राष्ट्र श्रीलङ्का पनि दावेदार 

सन् २०२० मा पनि श्रीलङ्का आईपीएलको सबैभन्दा ठूलो दावेदार थियो। भारतबाट छोटो दूरीमा कोरोनाको कम केसहरूले यसलाई प्रिमियम विकल्प बनाएको थियो। लजिस्टिक पनि एउटा ठूलो मुद्दा बनेको थियो । श्रीलङ्का बोर्ड बीसीसीआईसँग लगातार सम्पर्कमा थियो तर युएईले बाजी मार्यो  यसपटक श्रीलङ्कालाई विकल्पका रुपमा लिइएको छ । एजेन्सी