९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

10.85°C

काठमाडौं

10.85°C

Kathmandu

Feels-like: 10.39

Wind: 4.12

Humidity: 92

Latest
सिरहामा विभेदको घटनाः पीडित परिवारबाट प्रहरीमा जाहेरी राजसंस्थाको पक्षमा जनलहर देखेपछि जीवित खलपात्रहरुको छटपटी सुरुभयो: राप्रपा प्रवक्ता श्रेष्ठ सङ्घीयतालाई सुदृढ बनाउन जरुरी छ- नारायणकाजी श्रेष्ठ कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छ: महासचिव गुरुङ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे सबै मिलेर हिमनदीको संरक्षण गर्नुपर्दछः मन्त्री यादव सिरहामा विभेदको घटनाः पीडित परिवारबाट प्रहरीमा जाहेरी मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु ‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा



अ+ अ-

गलकोट । जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो ।

जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो । बडिगाड गाउँपालिकाको पहलमा सङ्घीय सरकारको रु तीन करोड ६३ लाखमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधा सम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताउनुभयो । छ वर्षअघि स्थानीयले चन्दा सङ्कलन गरी रु १५ लाख लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो ।

इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताउनुभयो । रु तीन करोड ६३ लाख लागतमा सुनामी÷एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो ।