२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै



अ+ अ-

भोजपुर । यहाँको टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ८० लाख लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको भवनको हालसम्म करिब ५० प्रतिशत काम सकिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो ।

ऐतिहासिकता प्रदान गर्न काठमाडौँबाट कालिगड ल्याएर किरात संस्कृति झल्कने कलात्मक भवन निर्माण भइरहेको उहाँको भनाइ छ । “किरात संस्कृतिको संरक्षण विकाससँगै पुस्तान्तरण गर्ने लक्ष्यले यहाँ किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ,” वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “मुख्य रुपमा यहाँ किरात समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेशभूषा सङ्ग्रहित गरिनेछ । भवनमा राखिने सामग्रीले किरात संस्कृतिको झल्को दिनेछ । यहाँबाट किरात परिकारका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य छ ।”

निर्माण भइरहेको सो भवन ढुङ्गा, सुर्की र चुनाको प्रयोगबाट निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । भवनको झ्याल, ढोका, निदल, दलिन, थामलगायतमा किरात संस्कृति झल्कने, ढोल, झ्याम्टा, चिण्डो, धनुवान, मुर्चुङ्गा विनायोको चित्र रहने छ ।

पाँचधारेमा पर्यटनलाई लक्षित गरेर पाँचधारे पोखरी, किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण तथा पदमार्ग निर्माण गरिएको छ । हाल यहाँ निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको वडाले जनाएको छ ।रासस