३ भाद्र २०८३, बुधबार
,
Latest
तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगबाट म्यानचेस्टर सिटी पनि बाहिरियो



अ+ अ-

लिस्बन । मोउसा डेम्बेलेले बेन्चबाट मैदान प्रवेश गर्दै खेलको अन्त्यतिर दुई गोल गरेपछि लियोनले युरोपेली च्याम्पियन्स लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ । यससँगै उपाधिको बलियो दाबेदार पेप ग्वार्डिओलाको सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।

स्टाडियो जोसे अल्भालडेमा लियोनले म्याक्सवेल कोरनेटको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको मध्यमा केभिन डे ब्रुनले सिटीका लागि बराबरी गोल फर्काएर सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको थियो । तर डेम्बेलेले ७९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटमा उनले अर्को गोल पनि थपे ।

फ्रान्सेली घरेलु लिगमा सातौं स्थानमा रहेर निराशाजनक प्रदर्शन गरेको लियोनले च्याम्पियन्स लिगमा भने राम्रो खेलिरहेको छ । मार्चयता उसले खेलेको यो दोस्रो औपचारिक खेल मात्रै हो । अब भने उसले प्रतियोगिताको फाइनल पुगेको सपना बुन्न्न सक्छ र यसका लागि बुधबार बायर्न म्युनिकको सामना गर्नेछ ।

लियोनको जितसँगै च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पनि सकिएको छ । पहिलो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लाइपजिगको सामना गर्नेछ । त्यसपछि सन् २०१० को सेमिफाइनलको पुनरावृत्तिका रूपमा बायर्न र लियोन भिड्नेछन् ।