• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले

च्याम्पियन्स लिगबाट म्यानचेस्टर सिटी पनि बाहिरियो



लिस्बन । मोउसा डेम्बेलेले बेन्चबाट मैदान प्रवेश गर्दै खेलको अन्त्यतिर दुई गोल गरेपछि लियोनले युरोपेली च्याम्पियन्स लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ । यससँगै उपाधिको बलियो दाबेदार पेप ग्वार्डिओलाको सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।

स्टाडियो जोसे अल्भालडेमा लियोनले म्याक्सवेल कोरनेटको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको मध्यमा केभिन डे ब्रुनले सिटीका लागि बराबरी गोल फर्काएर सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको थियो । तर डेम्बेलेले ७९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटमा उनले अर्को गोल पनि थपे ।

फ्रान्सेली घरेलु लिगमा सातौं स्थानमा रहेर निराशाजनक प्रदर्शन गरेको लियोनले च्याम्पियन्स लिगमा भने राम्रो खेलिरहेको छ । मार्चयता उसले खेलेको यो दोस्रो औपचारिक खेल मात्रै हो । अब भने उसले प्रतियोगिताको फाइनल पुगेको सपना बुन्न्न सक्छ र यसका लागि बुधबार बायर्न म्युनिकको सामना गर्नेछ ।

लियोनको जितसँगै च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पनि सकिएको छ । पहिलो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लाइपजिगको सामना गर्नेछ । त्यसपछि सन् २०१० को सेमिफाइनलको पुनरावृत्तिका रूपमा बायर्न र लियोन भिड्नेछन् ।