४ भाद्र २०८३, बिहीबार
,
Latest
हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र पुटिन वार्ता हुँदै : होला त युक्रेनमा युद्धविराम ?



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आज बहु प्रतीक्षित फोन वार्ता गर्दैछन् । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता हुनुअघि अन्य धेरै ‘कम्पोनेन्ट’ सकारात्मक भएको बताएका छन् । उनले ट्रुथ सोसलमा मंगलबार बिहान वार्ता सकारात्मक हुने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले प्रत्येक साता दुवै पक्षमा २ हजार ५ सयसेना मारिने क्रमको अन्त्य आवश्यक भएको समेत बताए । यसअघि नै उनले सञ्चारकर्मीसँग शान्ति स्थापना गर्न सकिने कुरामा आशावादी रहेको बताएका थिए ।

बेलायत र फ्रान्सले पुटिनले आफू शान्ति पक्षधर रहेको पुष्टि गर्न आवश्यक समय आएको बताए । फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँले भोलोदोमिर जेलेन्स्की युद्ध विरामको पक्षमा रहेकाले पुटिनलाई पनि शान्ति स्थापनाको पक्षमा उभिन सुझाव दिएका छन् ।

बेलायती विदेश सचिव डेभिड लेमीले रुसले नि शर्त युद्ध विराम गर्ने समय आएको बताए । उनले बेलायत र अन्य निकट शक्तिसँग रुसलाई युद्ध विराममा ल्याउनका लागि कार्ड भएको समेत बताए ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले ट्रम्पकै प्रयासमा मात्र युद्ध विराम सम्भव देखिएको प्रतिक्रिया दिइन् ।

रुसले सन् २०२२ मा नियन्त्रणमा लिएको युरोपको सबै भन्दा ठुलो आणविक भट्टी झम्पोझारियाका बारे छलफल हुनेछ। ट्रम्पले रुसले जमिन कब्जा गर्ने विषयमा वार्ता गरी रहेको तथा आफूले आणविक भट्टीमा हुन सक्ने जोखिमका बारे कुरा गरी रहेको बताए ।

यता युक्रेनी राष्ट्रपति जेलेन्सकीले रुसले युद्ध टार्न चाहेको रहेको आरोप लगाएका छन् ।