काठमाडौं । नेपाल प्रहरीको ३१औं आईजीपीमा दिपक थापा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।
३०औं आईजीपी वसन्त कुँवर ३० वर्षे सेवा अवधिका अवकाशमा जाँदैछन् । त्यसअघि सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो ।
प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी दौडमा थिए । तर, थापाले बाजी मारेका हुन् ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्नेछन् ।
२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् ।
२०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका थापाले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।










