१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनुपर्ने



अ+ अ-

कठमाडौँ। निजामति कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

अस्पतालका नवनियुक्त  कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्राडा विधानीधि पौडेलको विदाइ समारोहमा अस्पताललाई अब छुट्टै ऐनबाट सञ्चालन गर्नुपर्ने जोड दिइएको हो ।

निवर्तमान कार्यकारी निर्देशक प्राडा पौडेलले गठन आदेशबाट अस्पताल सञ्चालन गर्दा विभिन्न कठिनाई हुने भएकाले अब अस्पतालका लागि छुट्टै ऐन बनाउनुपर्ने बताउनुभयो ।

निजामति कर्मचारी अस्प्ताल गठन आदेश २०६४ बाट सञ्चालनमा रहेको र उक्त गठन आदेशलाई ऐनमा र विनियमावलीलाई स्वास्थ्य सेवासँग मिल्ने गरी परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्राडा पौडेलले आफनो चार वर्षे कार्यकालमा अस्पताललाई नाफामा लगेको, नयाँ मेसिनबाट रेडियोथेरापी सेवा सुरु गरी उत्कृष्ट क्यान्सर उपचार सेवा प्रदान गरिएको बताउनुभयो ।  नवनियुक्त कार्यकारी निर्देशक प्राडा रेग्मीले अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०६७ माघदेखि  बहिरङग, अन्तरङ्ग र शल्यक्रिया सुरु गरेको अस्प्ताल अहिले तीन सय शय्यामा सञ्चालन भइरहेको छ । रासस