८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द

ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी

ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी
Prime Minister Mark Carney following a swearing in ceremony at Rideau Hall in Ottawa on Friday, March 14, 2025. (Adrian Wyld /The Canadian Press via AP)
अ+ अ-

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि गरेको आक्रमणको सामना गर्दै मित्रताको खोजी गर्न क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नी सोमबार पेरिस र लन्डन जाँदै हुनुहुन्छ ।

क्यानाडाको प्रारम्भिक अस्तित्वलाई आकार दिने दुई देशको राजधानी सहरहरूमा कार्नीले जानाजानी आफ्नो पहिलो विदेश भ्रमण गर्दै हुनुहुन्छ ।

शुक्रबार आफ्नो शपथ ग्रहण समारोहमा कार्नीले फ्रान्सेली, अङ्ग्रेजी र आदिवासी गरी तीन जनताको आधारशिलामा देश निर्माण भएको उल्लेख गर्दै क्यानाडा अमेरिकाभन्दा मौलिक रूपमा भिन्न रहेको र ‘कुनै पनि आकार वा रूपमा कहिल्यै पनि संयुक्त राज्यको हिस्सा हुनेछैन’ भन्नुभयो ।

“ट्रम्प फ्याक्टर नै यस यात्राको कारण हो । ट्रम्प फ्याक्टरले कार्नीले सामना गर्नुपर्ने अरू सबै कुरामा प्रभुत्व जमाउँछ”, टोरन्टो विश्वविद्यालयका प्राध्यापक इमेरिटस नेल्सन वाइजम्यानले भन्नुभयो ।

उन्साठ्ठी वर्षीय पूर्व केन्द्रीय बैंकरले सोमबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गर्नुहुनेछ र त्यसपछि लन्डन जानुहुनेछ । लन्डनमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँग बसेर व्यापार विविधीकरण र सम्भवतः ट्रम्पको भन्सार महसुलको प्रतिक्रियाको समन्वय गर्ने प्रयास गर्नुहुनेछ ।

उहाँले बेलायती नरेश चार्ल्स तृतीयसँग पनि भेट गर्नुहुनेछ । चार्ल्स तृतीय क्यानाडाका राज्य प्रमुख हुनुहुन्छ । कार्नी बैंक अफ इङ्गल्यान्डका पूर्व गभर्नरसमेत रहनुभएकाले इङ्गल्यान्डको यात्रा केही हदसम्म घर फर्किए जस्तै हो । बैंकको तीन सय वर्षभन्दा बढीको इतिहासमा यस भूमिकामा नियुक्त हुने उहाँ पहिलो गैर–नागरिक हुनुहुन्छ ।

त्यसपछि कार्नी ‘क्यानाडाको आर्कटिक सुरक्षा र सार्वभौमिकतालाई पुनः पुष्टि गर्न’ ओटावा फर्कनुअघि क्यानाडाको आर्कटिकको किनारको यात्रा गर्नुहुनेछ । त्यहाँ उहाँले केही दिनभित्रै चुनाव घोषणा गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले क्यानाडाको सार्वभौमिकताको सम्मान गर्नुभएमा उहाँसँग भेट्न तयार रहेको कार्नीले बताउनुभएको छ । हाल वासिङ्टन भ्रमण गर्ने योजना नरहेको तर चाँडै राष्ट्रपतिसँग फोन वार्ता गर्ने आशा रहेको उहाँले बताउनुभयो ।

पच्चीस प्रतिशतको व्यापक भन्सार महसुल र क्यानाडालाई ५१औँ अमेरिकी राज्य बनाउने ट्रम्पको कुराले क्यानाडालीहरूलाई क्रोधित बनाएको छ । धेरैले सकेसम्म अमेरिकी सामान किन्ने कुरालाई टार्दैछन् ।

कार्नीको सरकारले ट्रम्पको व्यापार युद्धको प्रकाशमा अमेरिकी निर्मित एफ–३५ लडाकू विमानको खरिदको समीक्षा गरिरहेको छ । ट्रम्पले आर्थिक युद्धको घोषणा नगरेसम्म र क्यानाडा ५१औँ राज्य बन्नुपर्छ भनेर बारम्बार नभनेसम्म सत्तारूढ लिबरल पार्टी यस वर्ष ऐतिहासिक चुनावी पराजयको लागि तयार देखिन्थ्यो । अब पार्टी र यसको नयाँ नेता शीर्षमा आउन सक्छन् ।

टोरन्टो विश्वविद्यालयका क्यानाडाली इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक रोबर्ट बोथवेलले कार्नीले ट्रम्पलाई भेट्न नजानु बुद्धिमानी हुने बताउनुभयो । “वासिङ्टन जाने कुनै अर्थ छैन”, बोथवेलले भन्नुभयो, “(पूर्व प्रधानमन्त्री जस्टिन) ट्रुडोको व्यवहारले देखाएअनुसार त्यसबाट निस्कने परिणाम ट्रम्पले आफ्ना पाहुनाहरूलाई अपमान गर्ने अशिष्ट प्रयास मात्र हो । न त तपाईँ त्यहाँ बसेर गलत झुट दोहोर्‍याउने कसैसँग तर्कसङ्गत कुराकानी गर्न सक्नुहुन्छ ।”

ट्रम्पले सम्मानको माग गर्नुहुन्छ भन्दै बोथवेलले भन्नुभयो, “तर यो प्रायः एकतर्फी मार्ग हो, जसले अरूलाई आफ्नो आत्मसम्मानलाई छोडेर आफ्नो इच्छामा झुक्न आग्रह गर्दछ ।”

मन्ट्रियलको म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक डेनियल बेलान्डले संयुक्त राज्य अमेरिकासँगको जारी व्यापार युद्धबीच क्यानाडाले व्यापार विविधीकरण गर्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । क्यानाडाको ७५ प्रतिशतभन्दा बढी निर्यात अमेरिकामा जान्छ ।

बेलान्डका अनुसार आर्कटिक सार्वभौमिकता पनि क्यानाडाको लागि प्रमुख मुद्दा हो । “राष्ट्रपति ट्रम्पको क्यानाडा र ग्रिनल्यान्ड दुवैको बारेमा आक्रामक कुरा र ट्रम्पअन्तर्गत एक शक्तिशाली आर्कटिक शक्ति रुस र संयुक्त राज्य अमेरिकाबीचको स्पष्ट नजिकीकरणले यस दुर्गम तर अत्यन्त रणनीतिक क्षेत्रमाथि हाम्रो नियन्त्रणको बारेमा चिन्ता बढाएको छ”, उहाँले भन्नुभयो । रासस/एपी