• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन्

सेभिया युरोपा कपको फाइनलमा



कोलोन । सेभियाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले हरायो र युरोपा कपको फाइनलमा प्रवेश गर्न सफल रह्यो । म्यानचेस्टरले ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गरेको गोलमा अग्रता लिएको थयो । 

निकै प्रतिस्पर्धात्मक सावित पहिलो हाफमा सेभियाका लागि सुसोले बराबरी गोल फर्काए । दोस्रो हाफमा म्यानचेस्टरले एकपछि अर्को मौका गुमाएको थियो र सेभियाका लागि गोलरक्षक बोनोले पनि शृंखलाबद्ध बचाउ गरे । खेल सकिन १२ मिनेट अगाडि जेसन नेभासको क्रसलाई लुक डे जोङले निर्णायक गोल गरे ।

इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भइसकेको म्यानचेस्टर यो सिजन सेमिफाइनलमा रोकिएको यो तेस्रो अवसर हो । सेभिया भने छैटौं युरोपा लिग जित्न सक्ने संघारमा पुगेको छ । अब फाइनलमा उसले इन्टर मिलान र साख्तर डोनेस्कबीचको विजेताविरुद्ध खेल्नेछ ।