४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.61

Wind: 1.03

Humidity: 52

तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको पुल्चोक र भैंसेपाटीस्थित मन्त्रीनिवास आसपासका क्षेत्रमा निषेधाज्ञा



अ+ अ-

काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

भोलि (सोमबार) बाट लागू हुने निषेधाज्ञा दुई महिनासम्मका लागि रहने प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।