१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

चिवतनमा चार दिन कृषि कर्जा मेला हुने

चिवतनमा चार दिन कृषि कर्जा मेला हुने
अ अ+ अ-

काठमाडौँ । आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला हुने भएको छ । सोमबार आर एण्ड डी इनोभेटिभ सोलुशन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जानकारी दिएको हो । 

मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ । कृषि तथा पशुपंक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा ५ औँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल केशरी साहले हजारौँ नेपालीलाई विदेशबाट फर्काउने एउटै माध्यम कृषि भएको बताउनु भयो । उहाँले कृषिमा रोजागारी सिर्जना गर्न सके नेपाली नागरिकहरुलाई स्वदेशमै बस्नसक्ने वातावरण सिर्जना हुने बताउनु भयो । सिईओ साहले नेपालको कृषिलाई पुरानो शैलीबाट नभइ अब नयाँ प्रविधिबाट अघि बढाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपालमा पर्यटन र कृषिको भविष्य राम्रो रहेको उल्लेख गर्दै पछिल्लो समय बैंकहरुले पनि कृषिमा लगानी गरिरहेको बताउनु भयो ।

कार्यकारी अधिकृत साहले भन्नुभयो, ‘हाम्रो माटोबाट उत्पादन गरेर पहिला नेपालीको पेट पाल्ने, त्यसपछि संसारभर नै कसरी हुन्छ, नेपालको सुन्तला होस्, टमाटर, माछा होस्, यसलाई संसारभर कसरी बढी पुर्‍याउने त्यतातिर हामी अब लम्किनुपर्छ । साँच्चि नै हामी किसानको देश हुने हो भने जे हामीले हिजो गरिरहेको थियौँ, त्यो मात्रै गरेर हुँदैन । जहिले पनि बैंकले लोन दिँदैन, त्यो कारणले हामी किसान कृषिमा उत्पादन बढाउन सक्दैनौँ भन्ने भ्रमबाट पनि हामी हटौँ । अहिले वित्तिय संस्थाहरु २३ वटा जति यही मेलामा भाग लिइरहेका छौँ । यो सिएसारबाट भाग लिएको होइन, हामीले पनि हिजो भन्दा भोलि धेरै फरक हुने देखेका छौँ । हामीले जसको नुन खाएको छ त्यसको सोझो गर्ने हो भने हामी कृषिमा पस्नै पर्छ । किनभने नेपालको भविष्य भनेको पर्यटन र कृषि छ । हजारौँ होइन, लाखौँ नेपालीलाई संसारबाट फर्काउने हो भने कृषिले नै सक्छ । तर आज पनि हाम्रा बाजे बराजुले गरेको कृषिको तरिकाबाट नै गर्ने हो भने कोही पनि फर्किँदैन ।’

त्यस्तै नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिलकुमार शर्माले पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कृषि क्षेत्रलाई बढी जोड दिइरहेको बताउनु भयो । उहाँले सरकारको चाहना पनि कृषि क्षेत्रलाई उकास्ने रहेको भन्दै उहाँले सहुलियत कर्जा कृषि क्षेत्रमा नै रहेको बताउनु भयो । कार्यकारी निर्देशक शर्माले वास्तविक किसानहरुले सहुलियत र बिना धितो कर्जा कसरी पाउने भन्ने बारेमा सूचना फैलाउने काम गर्न पनि आवश्यक रहेको औँल्याउनु भयो ।

कार्यकारी निर्देशक शर्माले भन्नुभयो, ‘पछिल्लो समय कृषिमा बैंक तथा वित्तीय संस्थाहरुको बढी नै जोड छ । कृषिदेखि लिएर साना मझौला कर्जाहरुमा बैंकहरुको बढी नै जोड छ । हामीले त्यसमा लगानी बढाउँदै लगिरहेका छौँ । नेपाल राष्ट्र बैंकको निर्देशन पनि त्यही अनुसार नै आइरहेको छ । राज्यको फोकस पनि त्यसमै छ । सहुलियत कर्जाको कुरा गर्दा पनि धेरैजसो सहुलियत कर्जा कृषि क्षेत्रमा नै गइरहेको देखिन्छ । हाम्रो आवश्यक्ता कृषि क्षेत्रमा नै हो भन्ने कुरामा कुनै द्वीमत नै रहेन । बिना धितोको कुराहरु सहुलियत कर्जासँग पनि जोडिएर भई नै रहेको छ । तर यसको बारेमा वास्तविक किसानहरुले यो अवसरहरु पाइरहनु भएको छ, त्यसको जानकारी उहाँहरुलाई छ कि छैन ? त्यो कुराहरु पनि हामीले बुझाउन जरुरी हुन्छ । बैंकिङ इण्डस्ट्री कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न अझ बढी प्रतिवद्ध छौँ ।’

कार्यकारी निर्देशक शर्माले बैंकहरु कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।