
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुहारमा पत्रकारको माइक ठोक्किएको छ । यो घटनाको भिडियो चर्चामा छ ।
जोइन्ट बेस एन्ड्रयूजमा मार्च १४ (शुक्रबार) पत्रकार सम्मेलनको क्रममा उक्त घटना भएको हो । यसपछि ट्रम्प पत्रकारसँग रमाइलो ढंगले कुरा गरिरहेको देखियो ।
ट्रम्प वासिङ्टन डिसी छाड्नुअघि मिडियासँग कुरा गरिरहेका थिए, जब एकजना पत्रकारको माइकले ट्रम्पको अनुहारमा लाग्यो ।
ट्रम्प सुरुमा चकित भए । त्यसपछि तुरुन्तै हास्यास्पद बने । उनले हाँस्दै भने, ‘यो पत्रकारले आज टिभीमा ठाउँ बनाउने भयो । यो अहिले ठूलो खबर बनेको छ ।’ उनले त्यहाँ उपस्थित अन्य मानिसहरूलाई पनि सोधे, ‘तिमीहरूले यो देख्यौ ?’
यो भिडियो इन्टरनेटमा भाइरल भएपछि प्रयोगकर्ताहरूले यसलाई राष्ट्रपतिको सुरक्षामा लापरवाही भनेका छन् । पत्रकार ट्रम्पको यति नजिक कसरी आए भन्ने प्रश्न उठेको छ ।
जुलाई १३, २०२४ मा पेन्सिलभेनियाको बटलर शहरमा एक र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि आक्रमण भएको थियो । यसै क्रममा एउटा गोली ट्रम्पको कान छोएर गएको थियो ।
A reporter just shoved a microphone into Trump’s face.
“She just became a big story tonight… did you see that?” pic.twitter.com/CGw61TjseW
— Gunther Eagleman™ (@GuntherEagleman) March 14, 2025