८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
Hamas militants escort Isreali hostage Agam Berger (C) before handing her over to a Red Cross team in Jabalia on January 30, 2025, as part of their third hostage-prisoner exchange. (Photo by Omar AL-QATTAA / AFP)
अ+ अ-

गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली आक्रमणमा पत्रकारहरूसहित नौ जनाको मृत्यु भएको बताएको छ । उक्त आक्रमणलाई हमासले नाजुक युद्धविरामको ‘स्पष्ट उल्लङ्घन’ भनेर निन्दा गरेको छ ।

“बेइत लाहिया सहरमा ड्रोनले एक गाडीलाई लक्षित गरेको र साथै सोही क्षेत्रमा तोपखाना गोलाबारी गरेको परिणामस्वरूप नौ शहीद (अस्पताल) मा स्थानान्तरण गरिएका छन्, जसमा केही पत्रकार र अल–खैर चेरिटेबल अर्गनाइजेशनका केही कार्यकर्ता समावेश छन्”, नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले भन्नुभयो ।

हमासद्वारा सञ्चालित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण उत्तरी गाजा पट्टीको इन्डोनेसियाली अस्पतालमा गम्भीर मामिलासहित नौ जना शहीद र धेरै घाइते भएको रिपोर्ट गरेको छ ।

“सेनाले दुई आतङ्कवादीलाई आक्रमण गर्‍यो, एक जनाले ड्रोन सञ्चालन गरिरहेका थिए जसले बेइत लाहिया क्षेत्रमा आइडिएफ सैनिकहरूलाई खतरा निम्त्याएको थिए”, इजरायली सेनाले एक वक्तव्यमा भनेको छ, “पछि धेरै अतिरिक्त आतङ्ककारीहरूले ड्रोन सञ्चालन गर्ने उपकरणहरू सङ्कलन गरे र एउटा गाडीमा प्रवेश गरे, आइडिएफले आतङ्ककारीहरूलाई प्रहार गर्‍यो ।”

आक्रमणपछि हमासले इजरायललाई गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगायो । “कब्जाकारी (इजरायल) ले पत्रकार र मानवीय कार्यकर्ताहरूको समूहलाई लक्षित गरेर उत्तरी गाजा पट्टीमा एक भयानक नरसंहार गरेको छ, यो युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन हो”, हमास प्रवक्ता हाजेम कासिमले एक वक्तव्यमा भन्नुभयो ।

गाजामा हमास–सम्बद्ध मिडियाका निर्देशक इस्माइल थवाब्तेहले स्थानीय फोटो पत्रकारहरू ‘बेइत लाहियामा रमदानको भोजन टेबलको छवि खिच्न गर्न ड्रोन प्रयोग गरिरहेको’ बेला मारिएको बताउनुभयो ।

उहाँका अनुसार उनीहरू उनीहरूको काम स्पष्ट हुँदाहुँदै पनि कब्जाकारीद्वारा दुई हवाई आक्रमणमा प्रत्यक्ष लक्षित भए । इजरायलले मार्चको सुरुदेखि गाजामा लगभग दैनिक हवाई आक्रमणहरू गरेको छ । सेनाले भनेअनुसार विस्फोटक उपकरणहरू रोप्ने लडाकूहरूलाई लक्षित गरेको छ ।

आक्रमणका बावजुद र युद्धविराम विस्तार गर्ने कुनै सहमति नभएको भए पनि जनवरी १९ देखि हमाससँगको इजरायलको युद्धमा युद्धविराम धेरै हदसम्म कायम छ । युद्धविरामको पहिलो चरण मार्च १ मा समाप्त भयो तर इजरायल र हमास दुवैले पूर्ण युद्धमा फर्कनबाट जोगिएका छन् । रासस, एएफपी