२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले व्यक्तिका कमजोरीलाई व्यवस्थामाथि थुर्पादा सही नहुने टिप्पणी गर्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो,“सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षाअनुसार हाम्रा गतिविधि सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।”

उहाँले सत्ता सञ्चालकको कमजोरीलाई लिएर व्यवस्थामाथि गरिने प्रहारले नागरिक अधिकारमाथि नै धावा बोलेको आफ्नो बुझाइ रहेको बताउनुभयो । मुख्यमन्त्री कँडेलले फेरि रैति बन्न शासन व्यवस्था बदल्छु भनेर लाग्नु मूर्खता भएको र त्यस्तो मूर्खता नगर्न सुझाव दिनुभयो । “जनताले लामो सङ्घर्ष गरेर ल्याएको यो व्यवस्थाभन्दा अर्को उन्नत व्यवस्था छैन, कमजोरी सुधारौँ तर व्यवस्थमाथिको प्रहार बन्द गरौँ”, उहाँले भन्नुभयो । रासस