८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

‘सत्ता सञ्चालकका कमजोरीलाई  लिएर व्यवस्थामाथि दोष नथुपारौँ’
फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता सञ्चालकका कमजोरीलाई लिएर गणतान्त्रिक व्यवस्थामाथि नै दोष थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको कर्णाली प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले व्यक्तिका कमजोरीलाई व्यवस्थामाथि थुर्पादा सही नहुने टिप्पणी गर्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो,“सत्ता सञ्चालनमा केही कमजोरी होलान्, नागरिकका अपेक्षाअनुसार हाम्रा गतिविधि सुधारेर जान सकिन्छ तर सत्ताको कमजोरीलाई व्यवस्थासँग तुलना गर्नु जायज होइन ।”

उहाँले सत्ता सञ्चालकको कमजोरीलाई लिएर व्यवस्थामाथि गरिने प्रहारले नागरिक अधिकारमाथि नै धावा बोलेको आफ्नो बुझाइ रहेको बताउनुभयो । मुख्यमन्त्री कँडेलले फेरि रैति बन्न शासन व्यवस्था बदल्छु भनेर लाग्नु मूर्खता भएको र त्यस्तो मूर्खता नगर्न सुझाव दिनुभयो । “जनताले लामो सङ्घर्ष गरेर ल्याएको यो व्यवस्थाभन्दा अर्को उन्नत व्यवस्था छैन, कमजोरी सुधारौँ तर व्यवस्थमाथिको प्रहार बन्द गरौँ”, उहाँले भन्नुभयो । रासस