८ भाद्र २०८३, सोमबार
,
Latest
बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमवत्खण्ड–सांस्कृतिक उत्सव



अ+ अ-

काठमाडौँ। हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को दोस्रो दिन आज सांस्कृतिक उत्सव (कन्सर्ट) भएको छ ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने सम्मिलनअन्तर्गत राष्ट्रिय सभागृहमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म मरेपछि पनि सपना देख्न पाऊँ’ भावको कवितामा कलाकार वीरेन्द्र हमालको नाट्य प्रस्तुुति गरिएको थियो । उक्त कविता प्रधानमन्त्री ओलीले २०७५ असार २९ देखि ३१ गतेसम्म चन्द्रागिरिमा आयोजित सम्मिलनको पहिलो शृङ्खलाका क्रममा रचना गर्नुुुभएको थियो ।

कन्सर्टमा मौलिक नेपाली लोकधुन, नृत्य, म्यानमार तथा भारतको आसाम, दार्जिलिङ, मेघालय, सिक्किमलगायत क्षेत्रका लोकसंस्कृति प्रस्तुत गरिएको सम्मिलनका अन्तरराष्ट्रिय सम्पर्क संयोजक शशी लुमुुम्बले जानकारी दिनुभयो । सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरूले विषयगत गोष्ठीपत्र प्रस्तुति र छलफलको क्रम आइतबार पनि जारी रहनेछ ।

प्रधानमन्त्री ओलीले सम्मिलनमा सहभागी स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको थियो । यही आइतबारसम्म आयोजना हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्यान्डलगायत देशका गरी करिब ५०० स्रष्टाहरूको सहभागिता रहेको छ ।

सम्मिलनको शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ ।रासस




भर्खरै