८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमवत्खण्ड–सांस्कृतिक उत्सव



अ+ अ-

काठमाडौँ। हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को दोस्रो दिन आज सांस्कृतिक उत्सव (कन्सर्ट) भएको छ ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने सम्मिलनअन्तर्गत राष्ट्रिय सभागृहमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म मरेपछि पनि सपना देख्न पाऊँ’ भावको कवितामा कलाकार वीरेन्द्र हमालको नाट्य प्रस्तुुति गरिएको थियो । उक्त कविता प्रधानमन्त्री ओलीले २०७५ असार २९ देखि ३१ गतेसम्म चन्द्रागिरिमा आयोजित सम्मिलनको पहिलो शृङ्खलाका क्रममा रचना गर्नुुुभएको थियो ।

कन्सर्टमा मौलिक नेपाली लोकधुन, नृत्य, म्यानमार तथा भारतको आसाम, दार्जिलिङ, मेघालय, सिक्किमलगायत क्षेत्रका लोकसंस्कृति प्रस्तुत गरिएको सम्मिलनका अन्तरराष्ट्रिय सम्पर्क संयोजक शशी लुमुुम्बले जानकारी दिनुभयो । सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरूले विषयगत गोष्ठीपत्र प्रस्तुति र छलफलको क्रम आइतबार पनि जारी रहनेछ ।

प्रधानमन्त्री ओलीले सम्मिलनमा सहभागी स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको थियो । यही आइतबारसम्म आयोजना हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्यान्डलगायत देशका गरी करिब ५०० स्रष्टाहरूको सहभागिता रहेको छ ।

सम्मिलनको शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ ।रासस