८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ विश्व नेताहरूलाई स्टार्मरको आग्रह

युक्रेनमा युद्धविरामका लागि पुटिनमाथि ‘दबाब कायम राख्न’ विश्व नेताहरूलाई स्टार्मरको आग्रह
अ+ अ-

लन्डन। बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा गर्दै मित्रराष्ट्रहरूलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धविराम गर्न ‘दबाब कायम राख्न’ आग्रह गर्नुभएको छ ।

आफ्नो प्रारम्भिक टिप्पणीमा शनिबार स्टार्मरले पुटिन ‘ढिलो वा चाँडो’ वार्ताको ‘टेबलमा आउनुपर्ने’ बताउनुभयो । मार्च २ मा भएको पहिलो शिखर सम्मेलनको विपरीत स्टार्मरले ‘इच्छुकहरूको गठबन्धन’ भनेको बैठक भर्चुअल रूपमा सञ्चालन भइरहेको छ ।

भर्चुअल बैठकमा देशहरूले युक्रेनलाई सैन्य र वित्तीय रूपमा कसरी मद्दत गर्न सक्छन् र पुटिनले युद्धविराम गर्न समर्थन गरेको खण्डमा भविष्यमा हुनसक्ने शान्ति स्थापना मिसनको लागि समर्थन मापन गर्ने अपेक्षा गरिएको छ ।

“मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ टेबलमा आउनु पर्नेछ र गम्भीर छलफलमा संलग्न हुनु पर्नेछ, तर — यो ठूलो कुरा हो तर आज बिहान हाम्रो बैठकमा — हामी केवल बसेर त्यो हुने प्रतीक्षा गर्न सक्दैनौँ”, स्टार्मरले टेन डाउनिङ स्ट्रिटको कार्यालयमा स्क्रिनको अगाडि बसेर नेताहरूलाई भन्नुभयो, “मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् र स्पष्ट रूपमा सैन्य क्षमताको सन्दर्भमा, कोषको सन्दर्भमा, हामी सबैबाट युक्रेनलाई थप समर्थनको प्रावधानको सन्दर्भमा सुदृढ बनाउनु हो ।”

फ्रान्स, इटाली र युक्रेन जस्ता युरोपेली साझेदारहरूसहित करिब २५ वटा देश बैठकमा संलग्न हुने अपेक्षा गरिएको छ । अस्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डका नेताहरूका साथै नाटो र युरोपेली सङ्घ (इयु) का कार्यकारी अधिकारीहरूले पनि भाग लिने तयारी गरिएको छ । बैठकमा अमेरिकाको प्रतिनिधित्व छैन ।

शनिबारको बैठक युक्रेनमा ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्तावको प्रकाशमा हुँदैछ, जसलाई युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले समर्थन गर्नुभएको छ ।  पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने सङ्केत दिनुभएको छ तर युद्धविराममा सहमत हुनुअघि स्पष्ट गर्नुपर्ने धेरै विवरणहरू प्रस्तुत गर्नुभएको छ ।

“आज बिहान हामीसँग रहेका राष्ट्रपति जेलेन्स्कीले युक्रेन शान्तिको पार्टी हो भनेर फेरि एकपटक देखाउनुभएको छ, किनभने उहाँ ३० दिनको बिना शर्त युद्धविराममा सहमत हुनुभएको छ र प्रतिबद्ध हुनुहुन्छ” स्टार्मरले भन्नुभयो, “अब हामीले के देख्छौँ, र यो आज हाम्रो छलफलको केन्द्रविन्दु हो, पुटिनले ढिलाइ गर्न खोजिरहनुभएको छ ।”

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि संयुक्त राज्य अमेरिकाले युद्धका बारेमा आफ्नो दृष्टिकोण परिवर्तन गरेको छ । ट्रम्पका पूर्ववर्ती जो बाइडेनको तुलनामा दृष्टिकोणमा परिवर्तन फेब्रुअरी २८ मा ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच झडप भएपछि विशेष रूपमा उल्लेखनीय भयो ।

शुक्रबार ट्रम्पले यस हप्ताको सुरुमा अमेरिकी प्रतिनिधि दूत स्टिव विटकफसँग भेट गर्नुभएका पुटिनले युद्धविरामलाई समर्थन गर्नुहुन्छ भन्ने आशावाद व्यक्त गर्नुभयो । “म युद्धविरामको दृष्टिकोणबाट र अन्ततः एउटा सम्झौताका बारेमा रुसबाट केही राम्रा सङ्केतहरू आउँदैछन् भन्ने कुरा प्राप्त गर्दैछु”, ट्रम्पले भन्नुभयो ।

आंशिक रूपमा ट्रम्पलाई किएभलाई समर्थन जारी राख्न मनाउन स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर ‘इच्छुकहरूको गठबन्धन’ एकत्रित गर्न नेतृत्व लिनुभएको छ ।  एउटा परिणाम पहिले नै विशेष गरी युरोपेली देशहरूबाट आफ्नो सुरक्षा सुनिश्चित गर्न अधिक गर्नुपर्ने स्वीकार्यता बढ्दै गएको छ । यसमा आफ्नो रक्षा खर्च बढाउने पनि समावेश छ ।

एलिसीका तस्बिरहरूमा म्याक्रोन र उहाँका सहयोगीहरूले फ्रान्सेली राष्ट्रपति दरबारको कोठामा स्टार्मरको उद्घाटन वक्तव्य सुन्दै गरेको देखाइएको छ । रुसको पूर्णस्तरको आक्रमणको तीन वर्षपछि अग्रपङ्क्तिका केही भागमा गम्भीर सैन्य दबाबमा रहेको युक्रेनले युद्धविराम प्रस्तावलाई पहिले नै समर्थन गरिसकेको छ ।

रुसको सेनाले युद्ध क्षेत्रमा गति हासिल गरेको छ र विश्लेषकहरूका अनुसार पुटिन सम्भवतः आफूसँग लाभ भएको महसुस गर्दा युद्धविराममा हतार गर्न अनिच्छुक हुनुहुनेछ । यदि पुटिन ‘शान्तिका लागि गम्भीर हुनुहुन्छ’ भने उहाँले युक्रेनमा ‘आफ्नो बर्बर आक्रमणहरू रोक्नु पर्छ’ र युद्धविरामका लागि सहमत हुनुपर्दछ”, स्टार्मरले भन्नुभयो, “संसारले हेरिरहेको छ ।रासस/एपी