• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

फ्रान्सेली सिनेटद्वारा कोभिड खोप पास अनुमोदन



पेरिस । फ्रान्सले खोप पाससहित कोरोनाभाइरस महामारीको सामना गर्न नयाँ उपायहरूलाई अनुमोदन गरेको छ। सिनेटले कोभिड भ्याक्सिनको पक्षमा २४९ मतले पारित गर्ने कानुनलाई समर्थन गर्‍यो। विपक्षमा ६३ मत खसेको थियो । 

फ्रान्सको संसदको तल्लो सदनले यसै महिनाको सुरुमा कानूनलाई अनुमोदन गरिसकेको थियो।

अनुमोदनसँगै कोरोनाभाइरस महामारीको सामना गर्न नयाँ उपायहरूको स्वीकृतिपछि रेस्टुरेन्ट र बार, सांस्कृतिक स्थल वा अन्तरक्षेत्रीय सार्वजनिक यातायातका लागि फ्रान्सेली नागरिकहरुले खोप लगाएको प्रमाणित गर्नुपर्ने छ । एजेन्सी