२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 2.57

Humidity: 73

Latest
तीनकुने घटनामा पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउनुपर्ने काँग्रेस सांसद परियारको प्रश्ताव ट्रम्पको कर युद्धको अगाडि चीन किन झुकिरहेको छैन ? शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा थप एक पक्राउ नयाँ वर्षमा नगरकोटमा ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुने दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्, समृद्धि र विकासको यात्रा रोकिँदैन: प्रधानमन्त्री ओली महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँः मुख्यमन्त्री सिंह बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट नेपाल—भारतबीच राजनीतिक रुपमा पनि राम्रो सम्बन्ध छः उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा



अ+ अ-

एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ ।

दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले शनिबार दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको बताएको छ ।

राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै शुक्रबार रुबियोले लेख्नुभएको छ, “संयुक्त राज्य अमेरिकाका लागि दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देशमा स्वागत छैन।”

“इब्राहीम रसुल ‘अमेरिकालाई घृणा गर्ने र घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन्’,” ट्रम्पलाई उद्धृत गर्दै विदेशमन्त्री रूबियोले भन्नुभयो ।

“उहाँसँग हामीसँग छलफल गर्ने केही पनि आधार छैन र यसैले उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ का रूपमा घोषणा गरिएको छ । उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ ९पर्सना नन ग्राटा० मानिनेछ । कुटनीतिमा कुटनैतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने, कुटनयिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई ‘होष्ट कन्ट्री’ले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ।

वासिङ्टन र प्रिटोरियाबीचको बढ्दो तनावको पछिल्लो घटनाक्रमका रुपमा राजदूतलाई देश निकाला गर्नु संयुक्त राज्य अमेरिकाको दुर्लभ कदम हो ।

ट्रम्पले गत फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गर्नुभएको थियो र त्यहाँको कानुनको हवाला दिँदै श्वेत किसानहरूको जमिन जफत गर्न सकिने बताउनुभएको थियो ।

गत हप्ता ट्रम्पले दक्षिण अफ्रिकाका किसानहरूलाई संयुक्त राज्य अमेरिकामा बसोबास गर्न स्वागत गरिएको भन्दै सरकारले गोरा हरूको भूमि ‘जफत’ गरिरहेको आरोप दोहो¥याउनुभएको थियो ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “सुरक्षाको कारणले दक्षिण अफ्रिकाबाट आएका कुनै पनि किसान परिवारलाई त्यस देशबाट पलायन हुनुपरेमा नागरिकताको द्रुत मार्गको व्यवस्था गर्दै उनीहरूलाई संयुक्त राज्य अमेरिकामा आमन्त्रित गरिनेछ।”

दक्षिण अफ्रिकी मूलका अर्बपति एलन मस्कले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको सरकारमाथि ‘खुलेआम रङ्गभेदी स्वामित्व सम्बन्धी कानुन’ रहेको आरोप लगाउँदै आउनुभएको छ र उहाँ ट्रम्पका निकटतम सहयोगीमध्येका एक हुनुहुन्छ ।

दक्षिण अफ्रिकामा भूमिको स्वामित्व एक विवादास्पद मुद्दा हो । रङ्गभेदको अन्त्यको तीन दशकपछि पनि अधिकांश खेतीयोग्य जमिनहरू श्वेत समुदायकोे स्वामित्वमा छन् र सरकार सुधारहरू कार्यान्वयन गर्न दबाबमा छ ।

गत महिना दक्षिण अफ्रिकामा आयोजित जी–२० को एक कार्यक्रममा रामाफोसाले अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेलगत्तै उहाँसँग ‘सकारात्मक’ कुराकानी भएको बताउनुभएको थियो ।

उक्त सुधारिएको भनिएको सम्बन्ध पछि ‘लिक’ बाहिरिएको देखिएको छ ।