८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

हिमवतखण्ड कला–साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई आज स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताउनुभयो । यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

आजदेखि चैत ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरुको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेकोे छ ।

कार्यक्रममा प्रा डा चुडामणि बन्धु, प्रा डा माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्रा डा दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी हुनुहुन्थ्यो ।

सम्मिलनको आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ । सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका क्षेत्रका कविहरुको काव्य उत्सवको कार्यक्रम रहेको छ ।

सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरुले गोष्ठीपत्र प्रस्तुत गर्ने क्रम सुरु भएको छ । यसअघि भानु जयन्तीका अवस्सरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो ।