८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’
अ+ अ-

गोरखा। गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज यहाँ आइपुगेको गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

उहाँले नेपाल एकीकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन यस पदयात्राले महत्वपूर्ण भूमिका खेल्न विश्वास व्यक्त गर्नुभयो । “गोरखा ऐतिहासिक, सांस्कृतिक र धार्मिक विविधताको हिसाबले पनि अन्यन्तै सुन्दर क्षेत्र हो । देशका चर्चित साहित्यकारहरू सम्मिलित यस अभियानले तत्काल र पछि कलमको माध्यमद्वारा थप महत्व उजागर गर्न सघाउ पुग्नेछ”, नगरप्रमुख रानामगरले भन्नुभयो ।

पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू यहाँ आइपुगेका हुन् । पदयात्राका क्रममा उहाँहरूले जिल्लाका  ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख, रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्नुहुने छ । पदयात्रामा वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।

पदयात्रामार्फत गोरखाको इतिहास चिन्न र चिनाउन मद्दत पुग्ने पदयात्राका अध्यक्ष शितल गिरीले बताउनुभयो । उहाँले यहाँ जन्मिएका नेपालका प्रथम सहिद लखन थापाबारे थप जानकारी दिन आग्रह गुर्नभयो । स्थानीय कला संस्कृतिलाई जोगाउन सकेमात्र पर्यटकलाई आर्कषित गर्न सकिने अध्यक्ष गिरीको भनाइ छ ।

‘‘गोरखा र गोरखनाथलाई चिनाउन सके मात्र गोरखाको इतिहास चिन्न सक्छौँ । बाहिरबाट आएका पर्यटकलाई गोरखाले के दिने भन्ने बारेमा अब योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो,“गुरु गोरखनाथको प्रसादका रूपमा रहेको ‘रोट’ लाई मात्र चिनाउन सके पनि जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्न सक्छ ।

पदयात्राले गोरखा भ्रमण वर्षलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने नगर उपप्रमुख मसली माया थोकरले बताउनुभयो । नगरपालिकाले गोरखा भ्रमण वर्ष घोषणा गर्दै ‘गोरखाः जहाँ इतिहास जीवित छ’ भन्ने नाराका साथ यहाँको इतिहास प्रवर्द्धन गर्ने योजना अघि बढाएको छ । रासस