• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ

लज्जास्पद् हारपछि बार्सिलोनाको प्रशिक्षक सेटिन बर्खास्त



बार्सिलोना । सोमबार बार्सिलोनाले आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएको दुई दिनपछि सेटिनलाई हटाइएको हो ।

बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त गरेको थियो । त्यस अगाडि क्लबले दुई पल्ट लिग उपाधि दिलाउने एरनेस्टो भाल्भरेडेलाई पनि बर्खास्त गरेको थियो । त्यतिबेला क्लब अंकतालिकाको शीर्ष स्थानमा पनि थियो ।

यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो र क्लबले कुनै उपाधि जित्न नसकेको १२ वर्षयता पहिलो हो । क्लब लिगमा रियल म्याड्रिडपछि दोस्रो स्थानमा रह्यो भने कोपा डे रेमा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।




भर्खरै