१५ श्रावण २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार फैलाइएको बताउनुभएको छ ।

शुक्रवार नेपाली काँग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु समेत सरकारमै भएपनि पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन लागेकोबारे केही जानकारी नभएको बताउनु भयो । उहाँले पहिलेका कुनै सरकारले वर्कआउट गरेको कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ दलहरुलाई अप्ठ्यारोमा पार्न खोजिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरुलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ । अहिले हामी पनि सरकारमा छौं, तर हामीलाई केही थाहा छैन । कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला ? अहिले ल्याएर राखिदिएपछि दलहरुलाई अप्ठ्यारोमा पार्ने हुन्छ । अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ ।’

उहाँले भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न समेत सबैमा आग्रह गर्नुभयो ।




भर्खरै