२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

लहान । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।

करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
 
पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए ।