८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता

संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता
अ+ अ-

मुस्ताङ। थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताउनुभयो ।

थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो । गाउँपालिकाले धनुषवाण खेललाई यस वर्ष पालिका खेलकुदमा सूचीकृत गरिसकेको छ ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गर्नुभयो । उहाँले थकाली समुदाय थातथलो थासाङमा यसप्रकारको प्रतियोगिता आयोजना हुँदा संस्कृति र परम्परा जोगाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । सांसद थकालीले थाकसातसय क्षेत्रको मुखिया प्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषवाण खेल यस समुदायको सम्पत्ति रहेको बताउनुभयो । “थकालीको महान पर्व तोरन्ल हो, यसपर्वमा फागुपूर्णिमा पनि जोडिन्छ, यस पर्वमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतियोगितामा ११ गाउँका युवा सहभागी रहेको खेल संयोजक एवं थासाङ–४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिनुभयो । प्रतियोगितामा सादा धनुषवाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी दुई विधामा खेल आयोजना हुने संयोजक शेरचनले बताउनुभयो ।

त्यसअवसरमा गाउँपालिकाले सामाजिक योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । थासाङ गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थासाङ–४ का जीवन शेरचन र विपना शेरचन, झिप्रा देउरालीस्थित स्वास्थ्य चौकी भवन निर्माणका लागि दुई रोपनी जग्गादान गर्ने सुकबहादुर परियार र सन्तमाया परियार र पर्यटक र तीर्थालुलाई सहयोग गर्ने शेरचन थासाङ–२ नाउरीकोटका इन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन छ वर्षदेखि निरन्तर काम गर्दै आउनुभएको छ ।

त्यसअवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, न्यायाधिवक्ता देवेन्द्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी सङ्घका केन्द्रीय सचिव योगेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले फागुपूर्णिमा तथा थकाली तोरन्ल पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । रासस