८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने



अ+ अ-

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताउनुभएको छ ।

आज जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उहाँले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित बनाउनमा केन्द्रित भएको बताउनुभयो । तर स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने उहाँको भनाइ थियो ।

सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नभएको अवस्थामा यो सुखद् सन्दर्भ रहेको बताउनुभयो । उहाँले यातायात कार्यालयका गलत गतिविधि बन्द गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

त्यसैगरी मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिनुभयो ।

कार्यालयको भवनका लागि सीताकुण्डका महन्त राम नरेश दासले एक बिघा जग्गा दान गर्नुभएको छ । मुख्यमन्त्री सिंह, श्रम तथा यातायातमन्त्री राय, यातायात कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले संयुक्त रुपमा हिन्दु विधिअनुसार भवन निर्माणस्थलको पूजन गर्नुभएको थियो । रासस