८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुपूर्णिमाको अवसरमा महासंघमा फागु विशेष कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले फागुपूर्णिमा/होली पर्वको अवसरमा महासंघ सचिवालय टेकु काठमाण्डौंमा फागु विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा शुभकाना व्यक्त गर्दे महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वसन्त ऋतुको आगमनसंगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गर्नु भयो । उहाँले नेपालमा पर्वहरुले समेत आन्तरिक अर्थतन्त्र चलायमान बनाउने बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक नेपालमा चाड पर्वहरुले आमनेपालीहरुलाई एक सुत्रमा बाध्ने गरेको उल्लेख गर्दै फागु पूर्णिमाको शुभकाना व्यक्त गर्नुभयो ।

महासंघको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति अध्यक्ष हरि बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ, स्थल यातायात तथा पारवहन समितिका सभापति शिव प्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको भयो ।

कार्यक्रममा महासंघका पदाधिकारी सदस्य तथा अन्य उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।