८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने-अध्यक्ष उपेन्द्र यादव



अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछौँ ।”

अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मनाइने रङहरुको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।रासस