११ चैत्र २०८१, सोमबार
,
Latest
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयोः मन्त्री भट्टराई धोनीले ०.१२ सेकेन्डमा स्टम्पिङ गरे, रोहित आईपीएलमा १८औं पटक शून्यमा आउट इजिप्ट र युरोपेली संघका शिर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै, यस्तो छ हेड–टु–हेड क्षयरोगको न्युनिकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछः स्वास्थ्यमन्त्री पौडेल प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा सिँचाइ सुविधापछि तीन बाली खेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी आयोजनाका काम सक्न मुख्यमन्त्री कँडेलको निर्देशन



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्मीसँगै खानेपानीका समस्या बढ्ने भएकाले समयमा काम सक्न निर्देशन दिनुभएको छ ।

आज सुर्खेतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन एकाईले आयोजना गरेको वीरेन्द्रनगर नगरपालिका तथा शारदा नगरपालिकाको प्रगति समीक्षा र बजेट व्यवस्थापन सम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले खानेपानीको समस्या समाधान गर्न आयोजना अन्तर्गतका काम तीव्र बनाउन निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रदेशको जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, आयोजना प्रमुख सञ्जितकुमार शाह वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सचिवलगायतको उपस्थिति थियोे । रासस