८ भाद्र २०८३, सोमबार
,
Latest
मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा निःशुल्क मुटु तथा मधुमेह परीक्षण शिविर



अ+ अ-

सिरहा। यहाँको लहान नगरपालिका–४ मा सञ्चालित दुई दिने मुटु तथा मधुमेह जाँच शिविरमा पाँच सय बढी बिरामीको परीक्षण गरिएको छ ।

नेपाल हृदय रोग निवारण सङ्घ ‘कार्डियो डाइबेटिक सेन्टर’द्वारा यही फागुन २६ र २७ गते सञ्चालित दुईदिने निःशुल्क शिविरमा पाँच सय ६० जनाको मुटु तथा मधुमेह परीक्षण गरिएको सेन्टरका ‘कन्सल्टेन्ट फिजिसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिनुभयो ।

निःशुल्क शिविरमा मुटुको इसिजी, इको, ल्याबसहित औषधिसमेत वितरण गरिएको थियो । साहका अनुसार लहानका स्थानीय वासिन्दासमेत रहनुभएका जर्मनीमा कार्यरत मुटु चिकित्सक डा बालकृष्ण ओग्र्यान चौधरीको विशेष पहलमा सञ्चालित शिविरमा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा जर्मनीबाट आएका विशेषज्ञ चिकित्सकको टोलीले मुटु तथा मधुमेहको परीक्षण गरिएको छ ।

मुटु तथा मधुमेहको आधुनिक जाँच र गुणस्तरीय उपचारका लागि आगामी पाँच वर्षभित्र लहान नगरपालिकाले प्रदान गरेको ११ बिघा क्षेत्रफलमा दुई सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणको तयारी गरिएको छ ।

साहका अनुसार जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको करिब रु दुई अर्ब आर्थिक सहयोगमा अस्पताल निर्माण प्रक्रिया सुरू गरिएको छ ।रासस