• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने

आउँदैछ विलासी उड्ने डुङ्गा, पानीसँगै हावामा यात्रा गर्न सकिने



मिलान । पानीको साथ हावामा विलासी यात्रा गर्न चाहनेहरूका लागि खुसीको खबर छ। इटालियन कम्पनीले हावामा तैरिनेसँगै विश्वका समुद्रमा पनि सजिलै तैरिन सकिने लक्जरी याट बनाउने भएको छ । यो याट करिब ४९० फिट लामो हुनेछ र यसलाई ‘एयर याट’ भनिएको छ । यो याटलाई ६० नट वा ११२ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने ड्राई कार्बन फाइबर संरचनाका साथ निर्माण गरिएको हो ।

उडानमा सघाउनका लागि याटभित्र चारवटा सौर्य उर्जाबाट चल्ने विद्युतीय प्रोपेलरहरू जडान गरिएको छ। यसमा हिलियम भरिएको बेलुनहरू छन्। यसबाट यो उड्न, घुम्न र पानीमा पौडिन पनि सक्छ । एयर याट हावामा रहन सक्छ किनभने यसको बेलुनहरू हिलियमले भरिएका हुन्छन्, जुन हावाभन्दा हल्का हुन्छ। साथै प्रोपेलरहरूले यसलाई उडान गर्न मद्दत गर्छन्। हवाई याट बन्दा कति खर्च लाग्ने हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यो याटमा करोडौँ रुपैयाँ खर्च गर्न सक्ने निजी मालिकलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो सम्पूर्ण कार्बन फाइबर संरचनाको आकार लगभग ३०० फिट हुनेछ। यसको चौडाइ २६० फिट हुनेछ । दुई वटा ठूला बेलुनबाहेक यो याटभित्र ८ वटा इन्जिन जडान गरिने छ । यी सबै इन्जिन लाइट ब्याट्री र सोनल प्यानलमा चल्नेछन् । यो डुङ्गा ६० नट वा ११२ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने कम्पनी लाजरिनीले बताएको छ ।

यो याट लगातार ४८ घण्टासम्म उड्न सक्छ । कम्पनीले भनेको छ, “एयर याट सामान्य मानिस बोक्ने वा पर्यटकका लागि हुने हवाईजहाज होइन । यसको डिजाइन फराकिलो याट राख्न चाहने निजी मालिकहरूलाई ध्यानमा राखेर बनाइएको हो।” याटमा ओछ्यान र नुहाउने सुविधासहितको निजी सुइटहरू हुनेछन्। यसले यात्रुहरूलाई लामो यात्रामा धेरै दिन बिताउन अनुमति दिनेछ। यो याटमा बसेर यात्रुले पानीमा बसेर छालहरू हेर्न सक्ने र ५ हजार फिटको उचाइमा ताजा हावामा सास फेर्न सक्नेछन् ।