८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउँदैछ विलासी उड्ने डुङ्गा, पानीसँगै हावामा यात्रा गर्न सकिने



अ+ अ-

मिलान । पानीको साथ हावामा विलासी यात्रा गर्न चाहनेहरूका लागि खुसीको खबर छ। इटालियन कम्पनीले हावामा तैरिनेसँगै विश्वका समुद्रमा पनि सजिलै तैरिन सकिने लक्जरी याट बनाउने भएको छ । यो याट करिब ४९० फिट लामो हुनेछ र यसलाई ‘एयर याट’ भनिएको छ । यो याटलाई ६० नट वा ११२ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने ड्राई कार्बन फाइबर संरचनाका साथ निर्माण गरिएको हो ।

उडानमा सघाउनका लागि याटभित्र चारवटा सौर्य उर्जाबाट चल्ने विद्युतीय प्रोपेलरहरू जडान गरिएको छ। यसमा हिलियम भरिएको बेलुनहरू छन्। यसबाट यो उड्न, घुम्न र पानीमा पौडिन पनि सक्छ । एयर याट हावामा रहन सक्छ किनभने यसको बेलुनहरू हिलियमले भरिएका हुन्छन्, जुन हावाभन्दा हल्का हुन्छ। साथै प्रोपेलरहरूले यसलाई उडान गर्न मद्दत गर्छन्। हवाई याट बन्दा कति खर्च लाग्ने हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यो याटमा करोडौँ रुपैयाँ खर्च गर्न सक्ने निजी मालिकलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो सम्पूर्ण कार्बन फाइबर संरचनाको आकार लगभग ३०० फिट हुनेछ। यसको चौडाइ २६० फिट हुनेछ । दुई वटा ठूला बेलुनबाहेक यो याटभित्र ८ वटा इन्जिन जडान गरिने छ । यी सबै इन्जिन लाइट ब्याट्री र सोनल प्यानलमा चल्नेछन् । यो डुङ्गा ६० नट वा ११२ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने कम्पनी लाजरिनीले बताएको छ ।

यो याट लगातार ४८ घण्टासम्म उड्न सक्छ । कम्पनीले भनेको छ, “एयर याट सामान्य मानिस बोक्ने वा पर्यटकका लागि हुने हवाईजहाज होइन । यसको डिजाइन फराकिलो याट राख्न चाहने निजी मालिकहरूलाई ध्यानमा राखेर बनाइएको हो।” याटमा ओछ्यान र नुहाउने सुविधासहितको निजी सुइटहरू हुनेछन्। यसले यात्रुहरूलाई लामो यात्रामा धेरै दिन बिताउन अनुमति दिनेछ। यो याटमा बसेर यात्रुले पानीमा बसेर छालहरू हेर्न सक्ने र ५ हजार फिटको उचाइमा ताजा हावामा सास फेर्न सक्नेछन् ।