८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया
अ+ अ-

पर्सा। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै नेपालमा पनि अग्रिम जमानतको कानुन प्रबन्ध गर्न लागेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४९औंँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनी प्रबन्ध गर्नका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

“अग्रिम जमानतको कानुन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “व्यापारी तथा व्यवसायीले उठाउँदै आउनुभएका जसोतसो मागलाई अग्रिम जमानतको कानुनले सम्बोधन गर्ने अपेक्षा लिएका छौँ ।”

मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनले आर्थिक अपराध गर्नेलाई कैद सजायभन्दा पनि आर्थिक जरिवानालगायत पक्षलाई समेट्नेगरी बनाइने बताउनुभयो । “प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश हालसालै स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “सो ऐनले पनि मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्ने अपेक्षा राखेका छौँ ।”

मन्त्री चौरसियाले मधेश आन्दोलनबाट सबैभन्दा धेरैक्षति वीरगञ्जको औद्योगिक तथा व्यापारिक क्षेत्रले भोगेको बताउनुभयो । “मधेश आन्दोलनका कारण सबैभन्दा धेरै क्षति वीरगञ्जको औद्योगिक र व्यापारिक क्षेत्रले बेहोर्नु प¥यो”, उहाँले भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा अवैध चोरीतस्करीलाई नियन्त्रण गरेर वैध व्यापारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले भन्सार प्रशासनलाई पारदर्शी र व्यवस्थित गर्ने जमर्काे गर्दै आइरहेको बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यापारी र कर्मचारी दुवैमा आर्थिक अनुशासन कायम गरेमात्रै सुशासन कायम गर्न सकिने बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सरकारको अव्यवहारिक कानुन र ऐनकै कारण वैधभन्दा पनि अवैध कारोबारले प्रश्रय पाइरहेकाले नियन्त्रण गर्न जरूरी रहेको आँैल्याउनुभयो ।

“सरकारले स्वदेशी उद्योग, व्यवसायसहित विदेशी लगानी प्रवर्द्धन गर्न उचित ऐन, कानुन र नीति दिन सकेको छैन”, उहाँले भन्नुभयो, “व्यवहारिक खालको कानुनको अभावमा मुलुकमा अवैध व्यापारले फस्टाउने मौका पाइरहेको छ । यसलाई तत्कालै नियन्त्रण गर्न जरूरी छ ।”

मधेश प्रदेश सांसद श्याम पटेलले सरकारले औद्योगिक वातावरण बनाएर उद्योगभन्दा फस्टाउने मौका दिनुपर्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले आर्थिक मन्दी र अन्य कारणले उद्योगी व्यवसायीको मनोबल खस्किएकाले उकास्ने खालको नीति अवलम्बन गर्न अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुवोधकुमार गुप्ताले मुलुकको अर्थतन्त्र खस्किएको व्यवसायलाई उकास्ने खालको नीति अवलम्बन गर्न अनुरोध गर्नुभयो । रासस