२९ श्रावण २०८३, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’ धवलले गरे ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह ‘त्रिभुज’ युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः डा.महेश्वर ढकाल मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र रुसका गुप्तचर प्रमुखहरू नियमित सम्पर्क कायम राख्न सहमत



अ+ अ-

एजेन्सी । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले फोनमा कुराकानी गरेको र अमेरिका–रुस सम्बन्धमा तनाव कम गर्न नियमित सम्पर्क कायम राख्न सहमत भएको बुधबारका समाचार रिपोर्टहरूले जनाएका छन् ।

धेरै वर्षपछि पहिलो पटक यस्तो सम्पर्कमा सिआइए प्रमुख जोन र्‍याटक्लिफ र रुसको बाह्य गुप्तचर एजेन्सी एसभिआरका प्रमुख सर्गेई नारिस्किनले मङ्गलबार फोनमा कुरा गर्नुभएको सरकारी तास एजेन्सीले जनाएको छ ।

उहाँहरू आफ्ना एजेन्सीहरूबीच ‘अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षामा योगदान पुर्‍याउनका साथै मस्को र वासिङ्टनबीचको सम्बन्धमा द्वन्द्व कम गर्न’ ‘नियमित सम्पर्क’ गर्न सहमत हुनुभएको छ ।

यो फोनवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षे युक्रेन सङ्घर्ष अन्त्य गर्ने प्रतिज्ञा गर्दै पदभार सम्हालेपछि पहिलो यस्तो सम्पर्क थियो ।

युक्रेनले ३० दिनको युद्धविरामका लागि अमेरिकी प्रस्तावलाई समर्थन गरेको र साउदी अरबमा सङ्कटपूर्ण वार्तामा रुससँग तत्काल वार्ता गर्न सहमत भएकै दिन यो फोनवार्ता भएको थियो ।

सिआइए र एसभिआरका प्रमुखहरूबीच अन्तिम सम्पर्क सन् २०२२ नोभेम्बरमा भएको थियो । त्यसबेला नारिस्किनले अङ्कारामा तत्कालीन सिआइए प्रमुख विलियम बन्र्ससँग कुरा गर्नुभएको थियो ।