११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद
अ अ+ अ-

काठमाडौं । हुम्लामा अवैध रूपमा नेपाल भित्र्याइएको प्रतिबन्धित चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। नाम्खा गाउँपालिका–२, नावलथाङबाट प्रहरीले रु. ५१ लाख ९३ हजार ६ सय बराबरको चिनियाँ मदिरा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार साउन २८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग हुम्ला तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले नावलथाङमा बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरेको हो।

बरामद मदिरामध्ये ‘झिनिगिन्टी’ (रक्सी) ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल र ‘चाइनिज बोर्ड भाइजर’ (बियर) १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल रहेका छन्।

चीनबाट अवैध रूपमा नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा राखिएको उक्त प्रतिबन्धित मदिरा प्रहरीले बरामद गरी साउन २९ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रहरी निरीक्षक एवं जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता तथा सूचना अधिकारी युवराज ढकालले बरामद मदिराको बजार मूल्य रु. ५१ लाख ९३ हजार ६ सय रहेको जानकारी दिए।