५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको विजेताले किन सेतो ब्लेजर लगाउँछन् ?



अ+ अ-

काठमाडौँ । दुबईमा आइतबार भएको खेलमा भारतले न्यूजिल्याण्डलाई ४ विकेटले हराउँदै तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्यो । पदक समारोहमा खेलाडीसँगै सेतो ब्लेजरले पनि सबैको ध्यान तान्यो ।

तर, च्याम्पियन भारतले किन लगायो सेतो ब्लेजर ? यसबारे सबैको चासो हुन सक्छ । यसबारे यहाँ चर्चा गरौँ । यो सम्मानको प्रतीक हो, जुन उत्कृष्ट एकदिवसीय टोलीलाई दिइन्छ ।

च्याम्पियन्स ट्रफीमा विश्वका उत्कृष्ट ८ टोली सहभागी हुन्छन् । विजेताले सेतो ब्लेजर लगाउँछ । आईसीसीका अनुसार यो ज्याकेट उत्कृष्टताको प्रतीक हो, जसले आगामी पुस्तालाई प्रेरणा दिन्छ ।

यो पहिलो पटक २००९ सिजनमा च्याम्पियन बनेको अस्ट्रेलियाली टोलीले लगाएको थियो । अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो उपाधि जितेको थियो ।

यो सेतो ब्लेजर मुम्बईकी फेसन डिजाइनर बबिता एम द्वारा डिजाइन गरिएको हो । ज्याकेट इटालियन ऊन, सुनको ब्रान्डिङ र च्याम्पियन्स ट्रफीको लोगोसहितको सुनको कढाईबाट बनेको छ ।

पाकिस्तानका पूर्व क्रिकेटर वासिम अक्रमले जनवरी १४ मा सेतो ब्लेजर लन्च गरेका थिए । उनले यसलाई प्रतिभा र विरासतको प्रतीकको रूपमा पनि वर्णन गरे । उनले भने, ‘सेतो ज्याकेटले उच्च स्तरमा खेलेका खेलाडीलाई सम्मान गर्दै उनीहरुमा उत्साह पैदा गर्छ ।’