८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

दलतन्त्रको अन्त्य बर्तमान संकटको समाधान : प्रभु साह

दलतन्त्रको अन्त्य बर्तमान संकटको समाधान : प्रभु साह
अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन् ।

तेस्रो जनआन्दोलनको घोषणा गरेका साहले भ्रष्ट एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमा आज एक भिडियो अपिल जारी गर्दै उनले आउँदो २४ चैतमा दलाल दलतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् । आजापाले २४ चैतमा काठमाडौंको भृकुटी मण्डपमा खबरदारी सभा एवं काठमाडौंमा प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा साहले जारी गरेको भिडियो अपिलमार्फत दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको जनाएका छन् ।

‘आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरुको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरु मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लचार छन्’, आजपा अध्यक्ष साहले भने, ‘कसैको अगाडी कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिदैछ । नेपाली जनताको सपना खोसिएको छ ।’

केही गर्न बिदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरुले निर्माण गरेको आरोप उनले लगाए । पढनेदेखी रोजगारका लागि विदेशिने क्रम बढेको बताउदै यो सबै अवस्थाको सृजना शासनमा रहेका नेताहरुले निर्माण गरेको उनले बताए ।

‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरु आज लाश बनेर फर्किरहेका छन् । यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरुको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनशास छ, विकास विलाएको छ, कर आतंक छ, महंगी आतंक छ । हाम्रो प्राकृतिक सम्पदाहरुको खुलेयाम विक्री र दोहन भईरहेको छ । जनता दिनदिनै बैदेशिक ऋणमा थिचिदैछन् । यि तमाम संकटको अन्त्यका लागि तपाई हामी अगाडी आउँनै पर्छ’, साहले भने ।

नागरिकलाई दास बनाउने र युवालाई लाश बनाउने यि पार्टी र नेताहरुबाट आश गर्नु भनेको ठुलो धोखा हुने उनले जनाएका छन् । जस्तो फ्याक्ट्री हुन्छ उत्पादन पनि त्यस्तै हुने बताउदै अहिलेको व्यवस्था नै लुटकारी भएको बताए । लुटकारी व्यवस्था रहेसम्म जनताको कल्याण नहुने र जनताको भविष्य पनि उज्जवल नहुने बताउदै उनले दलाल लुटकारी दलतन्त्रको बिरुद्धमा जनता सडकमा आउनुको विकल्प नभएको बताए ।

‘इतिहास साक्षी छ, हिजो पञ्चायती व्यवस्थामा पञ्चहरु मोटाए, आज दलतन्त्रमा दलका नेताहरु मोटाईरहेका छन् । त्यसैले जनता मोटाउन जनताको शासन चाहिन्छ । जनताको शासनका लागि दलतन्त्रको अन्त्य हुन आवश्यक छ । त्यसैले आजपाले आह्वान गरेको जनताको शासनका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन चैत २४ गते काठमाडौंको भृकुटी मण्डप जाऔं’ आजपा अध्यक्ष साहले भने ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।