२९ श्रावण २०८३, शुक्रबार
,
Latest
कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते वर्षमान पुनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, रोल्पाका बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने घोषणा जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’ धवलले गरे ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह ‘त्रिभुज’ युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः डा.महेश्वर ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीद्वारा कर्णाली पराजित



अ+ अ-

घोराही । दाङमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

लमहीस्थित क्रिकेट रङ्गशालामा टस हारेपछि पहिला ब्याटिङ गरेको कर्णालीले २७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर ९१ रन मात्र बनायो । बयानब्बे रनको विजयी लक्ष्य गण्डकीले २९ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । गण्डकीका लागि दिपक डुम्रेले अद्र्धशतीय पारी खेले । उनले ७८ बल खेल्दै सात चौकाको मद्दतमा अविजित ५० रन बनाए । यस्तै सुजन गौतमले अविजित २२ रन बनाए ।

बलिङतर्फ कर्णालीका दिवान पुनले तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा पाँच ओभर मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै दीपेन्द्र रावतले दुई तथा युनिस ठकुरीले एक विकेट लिए ।

यसअघि ९१ रन बनाउने क्रममा कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए ।

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल, सुवाश भण्डारी र विपिन खत्रीले दुई दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले एक एक विकेट लिए ।