२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन   



अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरुको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शुल्कले निर्माण सामग्री खरिद, मजदुरको ज्याला व्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाएका हौँ ।”

यस्तै १५/१५ फिट लम्बाइ चौडाइ र दुई दशमलव पाँच फिट उचाइ भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्नसक्ने क्षमता रहेको सचिव केसीले बताउनुभयो । हालको तातोपानी स्नानस्थलभन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ ।

उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पु¥याउने संरचना निर्माण भएको छ । स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाइएको छ । ढल व्यवस्थापनका लागि नाली निर्माण गर्न बाँकी छ ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको समस्या निको हुने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेका समितिको तथ्याङ्क छ । रु ३५० का दरले शुल्क तिरेर सातदेखि १० दिनसम्म स्नान गर्न पाइन्छ ।

छोटो अवधिमा स्नान गर्नेहरुका लागि प्रतिपटक रु १०० शुल्क तोकिएको छ । हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्न दुईवटा फरक–फरक पोखरी छन् । भ्रमण गर्न आउने र जाडो याममा स्नान गर्नेहरुको मङ्सिरदेखि फागुन–चैतसम्म घुइँचो लाग्ने गर्छ ।

ठूलो पोखरीमा एकपटकमा ३०० जनाले स्नान गर्नसक्ने क्षमता छ । पाहुनाको चाप बढेकाले दुई÷दुई घण्टाका दरले तीनवटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताउनुभयो ।

प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत नगरपालिकालाई बुझाउने गरिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीको तलबभत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वती माविका पाँच निजी स्रोतका शिक्षकको तबलभत्तामा खर्च गरिँदै आएको छ ।