९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन निर्देशन दिनुभएको हो ।

उहाँले अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरुले उठाउनुभएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गाद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफल दिन निर्देशन दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीकातर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १ः१५   हुनेछ ।रासस