८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

कोशी प्रदेशसभामा विधेयक पारित

कोशी प्रदेशसभामा विधेयक पारित
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।

उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता नभएका र प्रदेशसभा सदस्यहरुले दफावार छलफलमा पनि भाग नलिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गर्नुभएको थियो । उक्त प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

विशेष समय

यसअघि प्रदेशसभाको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले सही ढङ्गले जनतालाई सेवा प्रवाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सङ्घीय सरकारले दिने अनुदानमा भारी रकम कटौती भएकामा प्रदेश सरकार आफ्ना अधिकार खोज्न असफल भएको उल्लेख गर्दै पुँजीगत र चालु खर्चको फेहरिस्त हेर्दा प्रदेश सरकार निकै कमजोर अवस्थामा देखिएको टिप्पणी गर्नुभयो ।

नेता आङ्बोले राजनीतिक स्थिरता कायम गर्न, संविधान संशोधन गर्न र मुलुकको आर्थिक अवस्था सुधार गर्न बनेको दुई दलको गठबन्धन पनि आफ्ना काममा असफल भएको आरोप लगाउँदै मुलुकको अर्थ सङ्कुचन भएकाले नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

विशेष समयमै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले २०५९ फागुन २४ गते सङ्खुवासभामा मालपोत, कृषि विकास बैङ्क र नापी शाखामा तत्कालीन बिद्रोही माओवादीबाट गरिएको आगजनीका कारण बैङ्कमा धित्तोका रुपमा राखेको जनताका जग्गाका सबै प्रमाण जलेर खरानी भएको अवस्थामा अहिलेसम्म पनि पीडितले जग्गाको प्रमाणपत्र नपाउनु दुःखको कुरा हो भत्रुभयो ।

प्रमुख सचेतक लिङ्थेपले ३० हजार हेक्टर जग्गाभन्दा बढीका प्रमाणपत्र जलेर खरानी हुनु र २०७६ सालदेखि सुरु भएको नापीअनुसार छ हजार हेक्टर जग्गाको मात्र नाप नक्सा भएको कुरा प्रदेशसभा बैठकमा उठाउनुभयो । पीडित परिवारलाई सक्दो चाँडो प्रमाणपुर्जा दिन उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समय

यस्तै प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्यहरु गणेशप्रसाद उप्रेती, मीना श्रेष्ठ, किशोरचन्द्र दुलाल, राधाकृष्ण खनाल, गीतादेवी रेग्मी, सुनिताकुमारी गुरुङ, प्रेमराज थाम्सुङ र होमबहादुर थापाले प्रदेशका जल्दाबल्दा विषयमा बोल्नुभएको थियो ।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न २ बजे बस्नेछ ।