८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

जनताको मौलिक अधिकार खोस्ने कानुन बन्दैनन्ः सभामुख

जनताको मौलिक अधिकार खोस्ने कानुन बन्दैनन्ः सभामुख
अ+ अ-

गण्डकी। सभामुख देवराज घिमिरेले जनताको मौलिक अधिकार खोस्ने गरी संसद्ले कानुन नबनाउने बताउनुभएको छ । प्रेस क्लब गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले लामो समयको सङ्घर्षको जगमा लोकतन्त्र ल्याइएको भन्दै जनताको हित विपरीत कानुन संसद्ले नबनाउने स्पष्ट पार्नुभयो ।

लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी कानुन नबन्ने सभामुख घिमिरेले उल्लेख गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसद्ले कुनै कानुन नबनाउने बताउँदै उहाँले भन्नुभयो, “कानुनको अभावमा धेरै बेथिति बढेका छन्, बेथितिलाई नियन्त्रण गर्न कानुन बनाउने हो, जनताको मौलिक अधिकार खोस्ने गरी कानुन बनाउन सम्भव छैन ।”

गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको भन्दै उहाँले सामाजिक सञ्जालमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेकामा जोड दिनुभयो । त्यस्ता विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन नहुने उहाँले स्पष्ट पार्नुभयो ।

पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेषण गर्ने मात्र नभई हाम्रा प्राप्त उपलब्धिको रक्षा गर्ने, समाजका गतिविध सम्प्रषण गर्ने जिम्मेवारी पनि भएको सभामुख घिमिरेको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढिरहेको बताउँदै स्वतन्त्रताका नाममा छाडातन्त्र चलिरहेकोप्रति सबै गम्भीर बन्नुुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाका सांसद दामोदार वैरागीले सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको धारणा राख्नुभयो । उहाँले बढ्दै गएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न उक्त विधेयक आवश्यक पर्ने धारणा राख्नुभयो ।

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार कृष्णमणि बराललाई रु ५० हजार, दोसल्ला र प्रमाणपत्रसहित प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गर्नुभएको थियो । उहाँलाई पत्रकारिताको माध्यमबाट पर्यापर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । रासस